मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

तिलगंगा आँखा अस्पतालमा किमोथेरापी सेवा सुरु हुने

तिलगंगा आँखा अस्पतालले यसै वर्षबाट किमोथेरापी सेवा सुरु गर्ने भएको छ । आँखाको क्यान्सरका बिरामीका लागि अत्यावश्यक केमोथेरापी केही महिनाभित्रै सुरु गर्ने अस्पतालको तयारी छ ।

तिलगंगा आँखा प्रतिष्ठानकी क्यान्सर विभाग प्रमुख एवं आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारका अनुसार आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बाल अस्पतालमा पठाउने गरिएको छ । तर, त्यहाँ पुगेका बिरामी धेरै फर्केर नआउने, उपचार बीचमै छाड्ने र फलोअपमा नआउने भएकाले तिलगंगाले नै किमोथेरापी सेवा सुरु गर्न लागेको हो ।

यसका लागि एकजना नर्सले तालिम लिएर आइसकेको र अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिम चरणमा पुगिसकेको प्रतिष्ठानले जनाएको छ । “किमोथेरापी गर्नुअघि बेहोस पारेर हेर्ने मेसिन र रेट क्याम (ट्युमर हेर्ने मेसिन) पनि ल्याउँदैछौं,” डा. राजकर्णिकारले भनिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया