आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

रुपन्देहीमा पेट्रोल व्यवसायीको हत्या

रुपन्देहीमा एक पेट्रोल व्यवसायीको हत्या भएको छ । रुपन्देही मायादेवी गाउँपालिका १का पेट्रोलपम्प सञ्चालक स्थानीय औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति पम्पमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले धारीलो हतियार प्रयोग गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

खानको हत्या भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरिएका खानले हसन आयल फिडिङ पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए ।
टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ । घटना कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया