शनिबार, असार २७, २०७७
www.samsararemit.com

बालबालिका ज्वरोको उपचारबाट वञ्चित

पाँच वर्ष मुनिका २० प्रतिशत बालबालिका ज्वरोको उपचारबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांक अनुसार २१ प्रतिशत बालबालिकामा ज्वरोको समस्या देखिएको छ । जसमध्ये उपचार नपाउने २० प्रतिशतलाई सामान्य मान्न नसकिने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । यही २० प्रतिशत नै आफुहरुको लागि चुनौतीको विषय भएको महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताए ।

सबैभन्दा बढी प्रदेश नं २ का ८९ प्रतिशत र सबै भन्दा कम प्रदेश नं ६ का ६२ प्रतिशत बालबालिकाले ज्वरोको उपचार पाउने गरेको तथ्याङ्कले देखाएको छ ।  यस्तै, ८५ प्रतिशत बालबालिकाले श्वासप्रश्वास संक्रमणको उपचार पाउने गरेका छन् । २ प्रतिशत बालबालिकामा देखिएको सो संक्रमण अन्र्तगत रुघाखोकी, निमोनिया लगायत पर्छन् ।

अधिकांश बालबालिकाको मृत्यु निमोनियाका कारण हुने भएकाले प्रतिशतमा थोरै देखिएपनि श्वासप्रश्वासको संक्रमण समस्याको रुपमा रहेको श्रेष्ठले बताए । ज्वरोको उपचार र श्वासप्रश्वासको उपचार पाउने बालबालिकाको संख्यामा सुधार आएको उनको भनाई छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया