आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

गुरुङ समुदायले पुरानो बर्षलाई बिदाई गरि आजदेखि नयाँ बर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ग र सार को अर्थ फेरिनु भएकोले वर्ग फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाईन्छ । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित भएको उनले बताए । बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक चाडको रुपमा रहेको ल्होसार पर्व प्रत्येक बर्षको माघ शुक्ल प्रतिपदाको दिनदेखि आरम्भ हुन्छ ।

हरेक बर्ष पुस १५ का दिनलाई तोला ल्होसारका रुपमा गुरुङ समुदायले, माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसारका रुपमा तामाङ लगायत आदिवासीले तथा फागुन शुक्ल प्रतिपदाको दिन अन्य जातिले ग्याल्पो ल्होसारको रुपमा मनाउने गर्दछन् ।

ल्होसारको अवसर शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजातिले मनाउने यसप्रकारका चाडपर्वले नेपालको छुट्टै पहिचान बनाएको उल्लेख गर्दै तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले हिमाल, पहाड, तराई र मधेशमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना समेत बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस अवसरमा आज ट्ँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शिर्ष नेताको सहभागिता रहनेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया