शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

सिंंहदरबारमा फेरि चोरी: नगद र सामान हराएको उजुरी

सिंहदरबार परिसरभित्रैबाट गाडीको टायर चोरीको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना बाहिर आएको छ । सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको क्यान्टिनबाट नगद तथा सामान चोरी भएको भन्दै सञ्चालकले प्रहरीमा उजुरी दिएका छन् ।

क्यान्टिनबाट आइतबार राति चोरी भएको भन्दै सञ्चालक विश्वराज सिलवालले प्रहरीमा उजुरी दिएका हुन् ।

यसअघि गएको पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडीका चारवटा टायर चोरी भएको थियो । सरकारी गाडी चालक चन्द्रबहादुर मोक्तानले टायर चोरी गरेको खुले पनि उनी हालसम्म फरार छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया