शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

डा. केसी १४ औँ अनसनमा: प्रधानन्यायाधीशको राजीनामा माग

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ औँ पटक अनसन घोषणा गरेका छन् । उनले सोमबार दिउसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् ।

मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् ।

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका हुन् । उनले पाँच बुँदे माग अघि सारेका छन् ।

उनको विज्ञप्ति

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया