शनिबार, असार २७, २०७७
www.samsararemit.com

नेपाल कोकिन तस्करीको ‘ट्रान्जिट’

२०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ। कोकिन तस्करीमा संलग्न स्वेदशी तथा विदेशी गरी हालसम्म २० जना पक्राउ परेका छन् । नेपालमा कोकिनका दुर्व्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको दाबी छ। कोकिन कारोबारीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाइरहेका छन् । प्रहरीले हालसम्म बरामद गरेको कोकिन विदेशी सूचनाकै आधारमा हो । प्रहरीले सूचना नपाएका कोकिन अहिले पनि नेपालको बाटो हुँदै तस्करी भइरहेको प्रहरी अधिकारी अस्विकार गर्दैनन् ।

कोकिन ओसारपसार अपराधमा खासगरी बोलिभियाली, फिलिपिनी, मलेसियाली, दक्षिण अफ्रिकी, थाई, चिनियाँ, पाकिस्तानी, भारतीय, नाइजेरियाली र भेनेजुएलाका नागरिक पक्राउ परेका छन् । कोकिन तस्करीमा हालसम्म एक जना मात्र नेपाली संलग्न देखिएको छ । तस्करहरूले नेपाली रुट हुँदै कोकिन ओसार्ने भरिया नेपाल पस्नुअघि नै होटलदेखि फर्किने हवाई टिकटसमेत व्यवस्था गरेका हुन्छन् । प्रहरीबाट जोगिन ह्वाट्स एप र भाइबरमा कुराकानी गर्छन् । तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया