आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

२५० केजी रक्तचन्दन सहित चार जना पक्राउ

भारतमा उत्पादन हुने रक्तचन्दनलाई चीन तस्करी गर्ने गिरोह फेरी सक्रिय हुन थालेको छ । प्रहरीले काठमाडौंको कपनबाट २ सय ५० केजी रक्तचन्दनसहित ४ जनाको गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीले सिन्धुपाल्चोकका जनक बहादुर कार्की, बाँसबारीका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट ८७ वटा रक्तचन्दका चिरान पठ्ठाहरु बरामद भएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । उनीहरुले सो रक्तचन्दन चीन लैजान खोजेको हुनसक्ने प्रहरी आंशका छ । पक्राउ परेकालाई कारबाहीका लागि सिआईबीले वन कार्यालयमा बुझाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया