मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

विवाह भोजमा भएको झगडामा एकजनाको मृत्यु

विवाहको भोजमा मदिराको नशामा भएको झगडामा एक जनाको मृत्यु भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो । अन्य २ जना घाइते भएका छन्  ।

झगडामा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा घाइते भएका छन् ।
भोजमा सोही ठाउँ बस्ने निज कुमार मगर, १८ वर्षीय कमल मगर, जनक मगरबिच मादक पदार्थ सेवन गरी बिवाद भई कुटपिट हुँदा कुमार, कमल र जनक घाइते भएकोमा मिशन अस्पतालमा उपचारको क्रममा कुमारको मृत्यु भएको हो । अन्य घाइते २ जनाको अवस्था सामान्य रहेको छ ।

अभियुक्तमध्येका साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया