बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

अपहरणपछि हत्या आरोपमा चार जना जेल चलान

अपहरण गरी ज्यान मारेको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

किटानी जाहेरी परेपछि उनीसँगै व्यापार गर्न हिँडेका कालिकोट–२ का अक्कलबहादुर कठायत, गोविन्द पाण्डे, नरेश न्यौपाने र गंगालाल पाण्डे रहेका छन् । चितवन अदालतको बुधबारको आदेशले उनीहरू पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

नारायणगढमा गलैँचा बेच्दै आएका कालिकोट तिला–९ बस्ने १९ वर्षीय उमेश पाण्डेको गत पुस ११ गते हत्या गरी नारायणी नदीमा फालेको आरोपमा चार जना पक्राउ परेका थिए ।

मृतक पाण्डेको शव गत पुस १९ गते नारायणी नदी किनारमा भेटिएको थियो ।

उनीहरूविरूद्ध सार्वजनिक मुद्दा चलाइएकोमा पछि अपहरण गरी कर्तव्य गरेको आरोपमा मुद्दा चलाइएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया