शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

४ सय केजी गाँजासहित एक पक्राउ

घरको आँगनमा कुन्यु लगाएर राखेको ठुलो परिमाणको गाँजासहित प्रहरीले घर धनीलाई सोमबार पक्राउ गरेको छ ।

कुन्यु लगाएर राखेको चारसय केजी गाँजासहित राक्सिराङ गाउँपालिका–८  ठुलो टोड्केका मानबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरिक्षक मधु थापाको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजाको एक कुन्यु बरामद गर्नु साथै घर धनी मोक्तानलाई पक्राउ गरेर ल्याएको हो ।

प्रहरीको गाडीमा गाँजा नअटेपछि मोक्तानको घरको आँगनमा कुन्यु लगाएर राखेको अन्य तीन वटा कुन्युको गाँजा आगो लगाएर जलाइएको थियो । ३ वटा कुन्युको गाँजा लोड गरेर ल्याउन नसकेकाले आगो लगाएर जलाएको एक प्रहरीले बताए । मकवानपुरका विकट क्षेत्र टोड्केमा गाँजा बरामद गर्न गएका प्रहरी टोली गाउँलेहरुको घेरामा परेका थिए । प्रहरीले गोलीसमेत हान्ने चेतावनी दिएपछि स्थानीय तितरबितर भएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया