सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतबार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्रै पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार सपथ लिनेछन् । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया