सोमबार, असार २, २०७६
www.samsararemit.com

ग्याल्बो र सोनाम ल्होसार मनाइँदै

ग्याल्बो र सोनाम ल्होसार शेर्पा र तामाङ समुदायले आज  मनाउँदैछन्  । तामाङ, लगायतका समुदायले सोनाम ल्होसार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् ।

भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि नयाँ बर्ष सुरु हुने भएकाले ल्होसार मनाउने गरिन्छ । पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको हो । आजबाट चरा बर्षलाई बिदाई गरि कुकुर बर्षलाई स्वागत गरिएको छ ।

यसअघि सरकारले माघ ४ गते नै सोनाम ल्होसारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होसार मनाउँदैछन् । सरकारले आज पनि  सार्वजनिक बिदा दिएको छ ।

यसैबीच ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना व्यक्त गर्नुभएको छ ।  ल्होसारको अवसरमा राजधानीको तिनकुनेमा सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया