शनिबार, असार २७, २०७७
www.samsararemit.com

मन्त्रिपरिषद बैठक सम्पन्न: मन्त्रालयको संख्या १७ हुने

शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले हाल कायम ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ ।

वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए अनुसार अब १७ वटा मन्त्रालय कायम भएसँगै मन्त्रिमण्डल १८ सदस्यीय हुने छ । संविधानमा नै बढीमा २५ वटा मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ ।

यस्तै आजको बैठकले प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष रिमालले ओलीको अघिल्लो कार्यकालमासमेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया