सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

पानीमा डुबेर बालकको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरमा खाल्डोमा जमेको पानीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ । स्थानीय सुदेश माझीका ६ वर्षीय छोरा नितेस माझीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आइतबार साँझ बाख्रा चराउन गएका बालकको चापाकलको पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको गाउँलेले बताएका छन् । बालक रातिसम्म घर नआउँदा खोज्ने क्रममा बालकलाई खाल्डोमा डुबिरहेको अवस्थामा परिवारजनले फेला पारेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया