बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

बैतडीमा चितुवा मृत फेला

चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मंगलबार एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । मेलौली नगरपालिका २ नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवा सडेको अवस्थामा रहेकोले दुई तीन दिन अगाडी नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । खोलामा माछा मार्न गएका युवाहरुले मृत चितुवालाई देखेपछि बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयको मान्छेलाई खवर गरेको र शव परिक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताईएको छ ।

चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका बिभिन्न ठाउमा चितुवाले आक्रमण गरी धेरैको ज्यान लिइसकेको छ । नरभक्षी चितुवा मध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

स्थानीय प्रशासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ । यही फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ वर्षीय बालक गणेशबहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया