बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध भएका छन् । आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन ।

सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी बहालवाला उपराष्ट्रपति समेत हुन् । उनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन् । समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन् ।

उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो । अघिल्लो कार्यकाल छोटो समयको भएको सोही पदमा दोहोर्‍याउन पुनले शीर्ष नेतृत्व समक्ष मनसाय व्यक्त गरेका थिए ।

निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्‍याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए । सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया