शनिबार, असार २७, २०७७
www.samsararemit.com

तीन वर्षमा दश हजार लागुऔषध कारोबारी पक्राउ: अधिकांश भारतीय

पछिल्लो तीन वर्षमा नेपालमा स्वदेशी र विदेशी गरी दश हजार दुई सय ९३ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्युरोको तथ्यांकअनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी नेपाली र त्यसपछि भारतीय नागरिक छन् । व्युरोका डीआईजी ठूले राईका अनुसार नेपालमा लागुऔषधको प्रयोग र कारोबारीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।

सीमित स्रोत–साधनका कारण लागुऔषधको प्रभावकारी नियन्त्रण हुन नसकेको उनी बताउँछन् । व्युरोले देशभर लागुऔषध नियन्त्रणका लागि टोली खटाए पनि जम्मा एक सय दुई जनाको मात्रै जनशक्ति छ । लागुऔषध नियन्त्रण व्युरोलाई सुविधासम्पन्न र स्रोतसाधनसहितको बनाउन सके नेपालमा बढ्दो लागुऔषधको प्रभावलाई नियन्त्रण गर्न सकिने सुरक्षा अधिकारी बताउँछन् ।

यस्तो छ पछिल्लो ३ वर्षको तथ्यांक
सन् २०१५ मा २ हजार ६ सय ५६ जना लागुऔषध कारोबारी पक्राउ परे । जसमा एक सय सात जना भारतीय नागरिक छन् । चारजना भारतीय महिला पनि पक्राउ परे भने १० जना तेस्रो मुलुक चीन, बोलिभिया, पाकिस्तान र नाइजेरीयन पनि थिए ।

सन् २०१६ मा ३ हजार छ सय ९६ जना देशभरबाट पक्राउ परे । जसमा ८ महिलासहित १ सय पाँच जना भारतीय नागरिक पक्राउ परे । तेस्रो मुलुकका १९ पुरुष र ७ महिला पनि समातिएका छन् ।

सन् २०१७ मा ३ हजार नौ सय ४१ जना पक्राउ परे । पक्राउ पर्नेमा ७ महिलासहित १ सय ३७ जना भारतीय थिए । तेस्रो मुलुकका १२ पुरुष र ३ महिला पनि समातिए । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने पनि यो संख्या बढ्दो क्रममा छ ।

तीन वर्षमा ४ सय १३ नेपाली महिला पक्राउ
व्युरोका अनुसार लागुऔषध कारोबारमा नेपाली महिला पनि बढी प्रयोग हुने गरेको देखिएको छ । सन् २०१५ मा १ सय १६ जना नेपाली महिला यो कारोबारमा संग्लनताको आरोपमा पक्राउ परे । यस्तै सन् २०१६ मा १ सय ५३ र २०१७ मा १ सय ४३ महिला पक्राउ परे । महिलालाई शंका नगरिने भएकाले उनीहरुको प्रयोग गरिने गरेको अधिकारी बताउँछन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया