मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

‘साग आयोजना देशको प्रतिष्ठासँग जोडिएको छ’ – मन्त्री विश्वकर्मा

सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताएका छन् । मन्त्री विश्वकमाले नेपालको खेलकुदको समृद्ध बिकासका लागि सात वटै प्रदेशमा सुविधा सम्पन्न रंगशालाको निर्माण कार्यलाई अघि बढाउने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले गति लिन नसक्नेमा मन्त्रीको जोड रह्यो ।

पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट टोलीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले क्रिकेट खेलको बिकास र बिस्तारका लागि व्यवस्थित क्रिकेट मैदान बनाउने बताए । उनले सन् २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) आयोजना देशको गरिमा र प्रतिष्ठानसँग जोडिएको बताए । उनले भने, ‘सागको लागि आवश्यक भौतिक संरचना निर्माण र आठौं राष्ट्रिय खेलकुद समयमा गर्न यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गरिनेछ ।’

आगामी बजेटले खेललाई प्राथमिकता दिने विश्वास दिलाउदै मन्त्री विश्वकर्माले युवा सशक्तिकरणका कार्यक्रमलाई पनि अघि बढाइने जानकारी दिए । उनले मन्त्रालयले छिट्टै अल्पकालिन र दिर्घकालिन योजनाहरु तर्जुमा गर्ने र सबैलाई गौरव गर्ने हुने गरि समयमा नै काम सम्पन्न गर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मंचका उपाध्यक्ष दिनानाथ बरालले नेपाली खेलकुदका बारेमा चर्चा गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया