शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

काठमाडौं– सुर्खेत सिधा हवाई उडान गर्ने

राजधानी काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र सिधा हवाई उडानमार्फत जोडिने पक्का भएको छ ।

करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि भारतीय नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने घोषणा गरेको हो ।

उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गते बाट उडान सुरु गर्ने बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया