बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

जुकरवर्गले माफी मागे

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्ना करोडौं प्रयोगकर्ताहरूको विवरण अनधिकृत रुपमा दुरुपयोग भएको विषयमा माफी माग्दै आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन् ।

क्याम्ब्रिज एनालिटिका काण्ड सार्वजनिक भएको केही दिनपछि जुकरवर्गले आफ्नो कम्पनीको कमजोरी स्वीकारेका हुन् । जुकरवर्गले भनेका छन्, फेसबुक मैले बनाएको हुँ, त्यसैले यसमा जे जति क्रियाकलाप हुन्छन् त्यसको जिम्मेवारी मैले नै लिनुपर्छ, । उनले आगामी दिनमा तेस्रो पक्षले कुनैपनि एप्पस्मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने फिचरमा कडाइ गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । साथै फेसबुकमा रहेको सूचनालाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ फिचर समेत विस्तार गर्ने बताएका छन् ।

उनले निजी जानकारीको दुरुपयोग गर्ने डिभलपरलाई प्रतिबन्ध लगाउने, र जसको सुचना दुरुपयोग भइरहेको छ उसलाई सचेत गराउने समेत बताएका छन् । यसका साथै कुनैपनि किसिमको दुरुपयोग रोक्न डिभलपरको डाटा एक्सेस सिमित बनाउने, तीन महिनासम्म प्रयोग नभएका एप्पलाई खारेज गर्ने, कुनैपनि एप्पमा प्रयोगकर्ताले दिने फोटो, जानकारी र इमेललाई सिमित बनाउने लगायतका प्रतिबद्धता जुकरवर्गले व्यक्त गरेका छन् ।

नयाँ फिचर अनुसार तेस्रो व्यक्तिले फेसबुकमार्फत कुनैपनि सूचना प्राप्त गर्न नसक्ने जुकरवर्गले बताएका छन् । केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानका क्रममा प्रयोग गरेको आरोप लगाइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया