मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

प्राइम लाइफले साढे १२ प्रतिशत बोनस सेयर बाँड्ने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३ र ७४ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफाबाट हकप्रद शेयर निष्काशनपश्चात् हुने चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलव ५ प्रतिशतका दरले शेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरेपश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
साधारण सभाले संस्थापक शेयरधनीबाट १ जना महिला सञ्चालक पनि नियूक्त गरेको छ ।

उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानबाट जीवन बीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी वर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको योजना छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी लगायतसम्बन्धमा जानकारी गराएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया