मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

९ करोडको फेसबुक डाटा चोरी

सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेका छन् । पत्रकार सम्मेलन गरी जुकरबर्गले फेसबुकको डाटा चोरी भएको जानकारी दिएका छन् । फेसबुकक प्रमुख जुकरबर्गले सार्वजनिकरुपमा कम्पनिबाट गल्ति भएको स्वीकारेका छन् ।

११ लाख बेलायतीको मात्रै फेसबुक डाटा चोरी भएको छ । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । डाटा चोरी घटना भएपछि फेसबुकको सबत्र आलोचना हुँदै आएको छ । ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ ।

जुगरबर्गका अनुसार एप्स बनाउने अलेग्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकको बीचमा भएको विश्वासघात सार्वजनिक भएको छ । उनले भने, ‘फेसबुकका साथै उनीहरुको पनि विश्वासघात हो, जसले आफ्नो जानकारी हामीसँग सेयर गर्छन ।’ फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा थप अध्ययन गरिने बताए ।

उनले प्रयोगकर्ताका विवरण चुहावट हुने सेवालाई बन्द गरिसकिएको र यस विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन समेत गर्ने बताएका छन् । तेस्रो पार्टी एप्सको जानकारी लिन नसक्ने व्यवस्था गर्ने पनि उनले आश्वासन दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया