शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

ढोका फोरेर मन्त्रीको घरबाट ६ लाख चोरी

काठमाडौंमा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार एक मन्त्रीकै घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि अपराह्न करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो । प्रहरीका अनुसार स्थापितको घरबाट सुन लगायत धनमाल चोरी भएका छन् ।

मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तका प्रहरीले जानकारी दिएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया