सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

श्वेतपत्र एमालेको लालपत्र भएको कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असंगतिपूर्ण तथ्यांकहरु र निराशाजनक विवरण राखेर बाम गठबन्धनको सरकारले श्वेतपत्रको नाममा लालपत्र जारी गरेको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रबारे औपचारिक धारणा बताएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकारात्मक आँकडामा आँखा चिम्लेर श्वेतपत्र आएको र सरकार चुनावी बाचाबाट भाग्न खोजेको आरोप लगाए ।

“अर्थतन्त्रका कमजोरी टिपोट गर्दैगर्दा त्यसमा भएका सकारात्मक पाटोहरुलाई नागरिक पंक्तिमा राखेर नागरिकमा नवीन आशा भर्ने दिशामा लगेर नवीन सपना देखाउको सट्टा सरकारले जनतामा निराशा भर्यो ।

निजी क्षेत्रलाई श्वेतपत्रले बेवास्ता गरेको छ, निजी क्षेत्रलाई हतोत्साहित गर्ने कदमप्रति कांग्रेसको बिमति छ,” शर्माले भने ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया