बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

श्रीमती छाडेर ‘लिभङ टू-गेदर’ विहे गर्न भर्जिन केटी खोज्दै

 

 

बेलायतमा रहेर ब्यवसाय गर्दै आएका बिराज भट्टले लामो समयसम्म पत्नी बनाएर राखेका एक महिलालाई त्यागेर नेपालमा अर्को विहे गर्ने विहे टुंगो गरेपछि हंगामा मच्चिएको छ । बेलायतमै रहेकी काठमाडौंकी क्षमता ढकालसँग तीन बर्षदेखि पती पत्नीको सम्बन्धमा रहेका भट्टले आफुलाई भर्जिन कन्या चाहिने भन्दै अर्को विहे गर्न लागेका हुन् ।

तीन बर्षसम्म आफुसँग शारिरीक सम्बन्ध कायम राखेका भट्टले भर्जिन कन्यासँग विवाह गर्न नेपाल आउने निधो गरेसँगै ढकालले कडा आपत्ति जननाएकी छन् । उनले नेपाली समाज युकेमा आफु ढकालबीचको सम्बन्ध सार्वजनिक गर्दै तस्विर सार्वजनिक गरेपछि बेलायतमा रहेका नेपाली समुदायमा हंगामा मच्चिएको हो ।

ढकालले भट्टसँग आफ्नो शारिरीक सम्बन्ध कायम रहेको स्वीकार गरिन् । ‘तीन बषदेखि हामी फिजिकल रिलेशनशिपमा छौं,’ उनले भनिन् । लामो समय श्रीमान् श्रीमतीकै रुपमा सम्बन्ध कायम राखेका भट्टले पहिलाको पत्नीसँग डिभोर्स सकाएर अर्को कुमारी केटीसँग बिवाह गर्ने योजना ढकाललाई सुनाएका छन् । ढकालसँग आगामी दिनमा पनि पुरानै रिलेशनशीप कायम राख्ने तर बिवाह भने नेपालकी एक कुमारी कन्यासँग गरेर नेपालमै राख्ने भट्टको योजना छ ।

उनले यहीयोजना ढकाललाई सुनाएपछि घटना बाहिर आएको हो । ‘अहिले उहाँलाई फेरि कुमारी कन्या केटी चाहियो भनेर नेपालमा बिवाहका लागि हिडनुभएको छ, आफू पहिलो श्रीमतीसँग डिभोर्स गरेर अर्को केटीको भविश्य बर्वाद पार्दै हुनुहुन्छ भनेर घटना बाहिरल्याएकी हो, आफू केटी फेर्दै हिडने, बिवाह गर्न चाँही कुमारी कन्या चाहिने,’ ढकालले भनिन् । ढकालका अनुसार भट्टले बिवाह गर्ने सवै तयारी पुराभएको भन्दै बुधवार नेपालतर्फ हिडेका छन् ।

भट्टले आफ्नो दोस्रो बिवाह गर्ने साइत बैशाख १६ गतेका जुराएको जानकारी साथीभाईलाई गराएका छन् । ढकालले फेरि अर्को नेपाली महिला कसैको बासनाको शिकार नहुन भनेर आफ्नो इज्जत दाउमा राखेर भट्टसँगको सम्बन्धबारे साथीभाईलाई जानकारी दिएकी छन् ।

‘अलमोष्ट तीन बर्ष हुन लाग्यो शारिरीक सम्बन्ध भएको, उहाँ पनि पहिलाको श्रीमती छाडेको, मेरो पनि पहिलो घरबार बिग्रेको कारण डिप लभमा थियौ, सवै रिलेशन थियो, अहिले एक्कासी नेपाल गएर कुमारी कन्याकेटीसँग बिहे गरेर आउछु भन्नुभयो,’ ढकालले भनिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया