मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

संघीय प्रहरी ऐन छिट्टै: गृहसचिव राई

गृहसचिव प्रेमकुमार राईले संघीय प्रहरी ऐन छिट्टै ल्याइने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै सचिव राईले संघीय प्रहरी  ऐन नहुँदा प्रहरीमा अन्योलता भएकाले छिट्ट्रै ल्याउन लागिएको बताएका हुन् ।

सचिव राईले शान्ति सुरक्षा र भ्रष्टाचार निवारणमा नेपाल प्रहरी शसस्त्र प्रहरी र राष्ट्रिय अनुसान्धानको महत्वपूर्ण भूमिका रहने भन्दै जिम्मेवारी पुरा गर्न तीनवटै निकायका प्रमुखलाई निर्देशन दिए । उनले सुरक्षा निकायमा चेन अफ कमाण्ड पालना हुनु पर्नेमा जोड दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया