आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

नेपाली कांग्रेसको सचेतकमा पुष्पा भुसाल मनोनीत

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन् ।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई सचेतकमा मनोनयन गरेका हुन् ।

भुसाल समानुपातिक सांसद हुन् ।

सभापति देउवाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा बालकृष्ण खाण र दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनीत गरिसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया