मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

मुलुकको समृद्धिका लागि पर्यटन आवश्यक: मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया ग्रुपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्नसक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे ।

उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए ।

सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभइ ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया