सोमबार, असार २, २०७६
www.samsararemit.com

धादिङमा बस र ट्रक ठोक्किँदा २७ जना घाइते

धादिङमा शनिबार बिहान गजुरी-६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस र मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार बस ठक्कर खाए पछि घाईतेहरुको उद्धारका क्रममा बस भित्र फेला परेको ६ तोला सुन र २ तोला चाँदीका गहना सह-चालक वकिल सावन्तलाई हस्तातरण गरिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया