सोमबार, असार २, २०७६
www.samsararemit.com

सप्तरीमा माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति माइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने माइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको माइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका थिए ।

ठक्कर दिने ट्रक चालक फरार रहेकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया