मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

दुई आत्मघाती बम विस्फोट: ८ पत्रकार सहित २३ को मृत्यु

अफगानिस्तानको काबुलमा दुईवटा आत्मघाती बम विस्फोट भएका छन् । विस्फोटमा २३ को मृत्यु भएको छ भने ४५जना घाइते भएका छन् । काबुलको शशदारक क्षेत्रमा भएको विस्फोटमा घाइतेको उद्दार गरिरहेको अवस्थामा दोस्रो विस्फोट भएको जनाएको छ ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नजीब दानिसका अनुसार बिस्फोटमा परी कम्तीमा ८ जना पत्रकार र ४ जना प्रहरी अधिकारीसहित अन्यको ज्यान गएको छ । यस्तै ४५ जना भने घाइते भएका छन् ।

अफगानिस्तानका स्वास्थ्य मन्त्रीले विस्फोटमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। विस्फोट भएको ठाउँ प्रहरीले नियन्त्रणमा लिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन् ।

स्मरण रहोस् १५ दिनमा अफगानिस्तानमा छवटा आक्रमण भएका छन् । एक हप्ता अघि अफगानिस्तानमा बम विस्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो भने १२९ जना घाइते भएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया