सोमबार, असार २, २०७६
www.samsararemit.com

भालुको आक्रमणबाट १ जना घाइते

भालुको आक्रमणमा परी सोलुखुम्बुमा १ जना घाइते भएका छन् ।

दुधकुण्ड नगरपालिका–७ गार्माका ४० वर्षीय रामकाजी बस्नेत भालुको आक्रमणमा परेका हुन् । घर नजिकै रहेको खेतमा गहुँ काट्न जाँदा जंगलबाट निस्केको भालुले बस्नेतलाई आक्रमण गरेको हो ।

उनको टाउको, छाती र हातमा चोट लागेको र जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया