आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

ट्रक दुर्घटना हुँदा १ को मृत्यु: ४ घाइते

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा३ख ६१४३ नम्बरको ट्रक सडकबाट खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको हो । अन्य ४ जना घाइतेमध्ये २ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र २ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया