शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

लागूऔषधसहित भारतीय गाडी समातियो

ठुलो मात्रामा लागूऔषध लिएर काठमाडौं आएको एक भारतीय गाडीलाई प्रहरीले बल्खुमा नियन्त्रण लिई दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले भारतको पूर्बी चम्पारणका जितेन्द्र कुकार र मनोज कुमारलाई पक्राउ गरेको हो ।

बीआर ०५ पीए ७०३१ नम्बरको टाटा सुमो गाडीबाट प्रहरीले १५ सय एम्पुल लागूऔषध बरामद गरेको हो ।

अनुसन्धानको क्रममा सो लागूऔषध रक्सौल बस्ने रीता शर्माले पठाएको खुलेको छ ।

उनले पछिल्लो सयम काठमाडौंमा ६ हजार ७ सय २० एम्पुल लागूऔषध पठाइसकेको अनुसन्धानमा खुलेको छ । उनले काठमाडौं सहित नेपालका विभिन्न सहरहरुमा लागूऔष बिक्रि गर्दै आएको ब्यूरोले जनाएको छ । तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

गत चैत २९ गते रिताले नै पठाएको २ हजार १ सय १५ एम्पुल लागूऔषधसहित प्रहरीले जडिबुटीबाट वीरगंजका सनी कुमारलाई पक्राउ गरेको थियो ।

त्यस्तै बैशाख १३ गते सुन्धाराबाट मनोहर गिरीलाई एक सय ५ एम्पुल, बैशाख २० गते रौतहटका अफताव वास्ता र शेख अंकुर आलमलाई ३ हजार एम्पुल लागूऔषधसहित कलंकीबाट पक्राउ गरेको थियो ।

बरामद भएका यी सबै लागूऔषध रिताले नै पठाएको ब्यूरोले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया