आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

प्रहरी देख्नासाथ बन्दुक फ्याँकेर युवा फरार

तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङबाट एक थान भरुवा बन्दुक बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय आठराईको गस्ती टोलीले आठराई गाउँपालिका–२ खम्लालुङस्थित जंगल नजिकैबाट बन्दुक बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ करिब २५ वर्षीय एक युवकले बन्दुक फ्याँकेर जंगलतर्फ भागेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसअघि धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित स्थानीय ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया