शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

सबै क्षेत्रको विकास अपरिहार्य: मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेस्थित बहादुरे माविको हातामा ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुई तले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले सरकारका भावी कार्यक्रम युवा केन्द्रित हुने बताए ।

मुलुकलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाइने अभियानका साथ सरकार योजना बनाउन जुटेको बताउँदै उनले युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने जानकारी दिए ।

कार्यक्रममा पूर्वसांसद सीता गिरी ओलीले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने विचार व्यक्त गरिन् ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष भरत केसी, भदौरे युवा क्लबका अध्यक्ष अमर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अनिलकुमार गुरुङ, प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतले शैक्षिक गुणस्तरका लागि भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया