सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

चट्याङले लागेर दुई बालबालिकासहित ३ को मृत्यु

उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका–२ ताम्लिछामा बिहीबार साँझ चट्याङले लागेर दुई बालबालिकासहित ३ को मृत्यु भएको छ ।

हावाहुरी र वर्षात्‌सँगै परेको चट्याङ लागेर कृष्णबहादुर भुजेलको छोरी ८ वर्षीया विष्णुमाया भुजेल, खडु भुजेलको ११ वर्षीय छोरा कौशल भूजेल र ६३ वर्षीय धनप्रताप राईको मृत्यु भएको प्रहरीले जनाएको छ । धनप्रताप र बालिका विष्णुमायाको घटनास्थलमै र कौशलको उपचार गर्न ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

चट्टयाङले लागेर खडुको छोरा ६ वर्षीय रिजकु भूजेल सख्त घाइते भएको प्रहरी उपरीक्षक भट्टले बताए ।

हावाहुरीसहित पानी परेपछि कृष्णबहादुर भुजेलको घर दलानमा ओत लागिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालक रिजकुलाई उपचारका लागि गाईघाट पुर्‍याइँदै छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया