बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

दुई किलो नक्कली सुनसहित दुईजना पक्राउ

यहाँको काँकडभिट्टा नाकाबाट दुई किलो नक्कली सुनसहित दुर्इजना पक्राउ प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।

काकडभिट्टाको कन्चनजंघा होटलमा बसेका गोरखाको आरुघाट-९ का ४३ वर्षीय दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय भीमसेन नेपालबाट सुन जस्तो देखिने दुई बिस्कुट पहेँलो धातु बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी टंकप्रसाद भट्टराईले बताए ।

बरामद धातुको अनुसन्धान गर्दा टिल धातु रहेको भट्टराईले बताए । पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ परेका दुवैजना नक्कली सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने काममा लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया