आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

बजेटमा खेलकुद पहिलो प्राथमिकतामा: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी बजेटमा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

प्रदेशस्तरीय १०औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले खेलाडीको वृत्तिविकासका लागि प्रदेशमा रंगशाला, प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्था गर्ने जानकारी दिए ।

खेलाडीले खेलकुदका माध्यमबाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उचाइमा पुर्याउनुपर्नेमा जोड दिँदै उनले सरकारले खेलकुदलाई विकास र समृद्धिको एउटा महत्वपूर्ण अंग मानेको दावी गरे ।

जेठ २१ गतेसम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका विभिन्न विद्यालयका ९ सय ५० जना छात्रछात्राको सहभागिता रहेको छ ।

उसु, कराते, एथ्लेटिक्स, भलिबल, तेक्वान्दो र कबड्डी गरी ६ विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँमा हुने राष्ट्रियस्तरको १०औँ राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया