बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

प्रधानमन्त्रीको सम्बोधन: भ्रष्टाचारीको अनुहार नहेरी कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्‍याएका छन् ।

एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’

प्रदेश ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने भन्दै त्यसो नहुने बताए ।

तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेहरुको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रष्टाचारमा सरकारले कति पनि सम्झौता नगर्ने भन्दै उनले आफ्नो पार्टी वा जो सुकै भएपनि उनीको अनुहार तथा पृष्ठभुमी नहेरी कारबाही गरिने बताए ।

ओलीले भने ‘भ्रष्टाचार गर्ने व्यक्ति ह्यान्डसम थियो कि ब्यूटीफुल भनेर हेरिन्न, करप्ट भयो कि गयो ।’ सिन्डिकेटविरुद्धको कारबाहीमा सरकारले कुनै पनि पार्टी नहेरी कारबाही गरेको उनको भनाई थियो ।

प्रदेश सरकारले केन्द्र सरकारलाई कमजोरी देखे औल्याइदिन आग्रह गरे । प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न उनले निर्देशन दिएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया