सोमबार, असार २, २०७६
www.samsararemit.com

भारततर्फ लैजाँदै गरेका १८ बालबालिकाको उद्धार

नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहयोगमा ६ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट बिहीबार उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिइएको बताए । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।

बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उनले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया