मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

श्रीमतीद्वारा श्रीमानको हत्या

जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका असई पिताम्बर अधिकारीका अनुसार अन्दाजी २४/२५ वर्षकी शर्मिला लिम्बूले आफ्नै श्रीमान २४ वर्षका दुर्गा लिम्बूको हत्या गरेकी हुन् ।

प्रहरीका अनुसार शर्मिला फरार छन् । धारिलो हतियार प्रहार गरेर हत्या गरेको असई अधिकारीले बताए ।

घटनाको जानकारी पाउनासाथ बिहान ५ बजे प्रहरी टोली घटनास्थल पुगेको कार्यालयले जनाएको छ । हत्या आरोपी शर्मिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया