शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

एक रोपनीको गाँजाखेती नष्ट

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा बझाङमा अवैध रुपमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । जयपृथ्वी नगरपालिका १० चैनपुर बजारको आसपास क्षेत्रमा रहेको एक रोपनीमा रहेको गाजाखेती नष्ट गरिएको हो ।

सरकारले लागुऔषधलाई निशेधको नीति लिएपछि देशभर गाँजा नष्ट अभियान तिव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएपी ऋषिराम कडेलले लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन आएको बताए । उनले गाँजा खेती गर्नेहरुलाई कारबाही अभियान चलाइने पनि बताए । प्रदेश नम्बर ७ को बझाङमा गाँजाको खेती नै हुने गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया