शनिबार, असार २७, २०७७
www.samsararemit.com

सरकारलाई कांग्रेसको चेतावनी: निषेधाज्ञा तोड्छौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपत्यकाका तीन जिल्लामा सरकारले लागू गर्न गइरहेको निषेधाज्ञा तोड्ने चेतावनी दिएको छ । सरकारले आगामी साउन १ गतेबाट लागू गर्न गइरहेको निषेधाज्ञा उचित समयमा तोडिने प्रतिपक्षी कांग्रेसले चेतावनी दिएको हो ।

कांग्रेसले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्ने सरकारको नियतमा खोट रहेको पनि दावी गरेको छ । उसले सरकारलाई नेपाल कुनै उत्तर कोरिया नभएको टिप्पणी गर्दै अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड र जापानमा सरकारको नाकै अगाडि विरोध प्रदर्शन गर्न पाइने व्यवस्था रहेको स्मरण गराउन खोजेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार अपरान्ह ट्विट गर्दै भनेका छन्, ‘‘निषेधाज्ञा उचित समयमा तोडिनेछ ! अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होइन नेपाल हो ! निर्णयको नियतमा खोट छ !!’’

सरकारले बिहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया