आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

मन्त्रिपरिषदको निर्णयपछि सातै प्रदेश प्रमुख पनि हट्ने

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति पनि सरकारले खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ मा नियुक्ति पाएका प्रदेश प्रमुखहरुको पद खारेजी गर्ने निर्णय गरेको र ती ठाउँमा नयाँ व्यक्ति नियुक्त हुने कानुनमन्त्री शेरबहादुर तामाङले नेपाल लाइभलाई बताए ।

तत्कालीन सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् ।

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ ।

सरकारको सिफारिस राष्ट्रपतिले स्विकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ ।

सरकारले निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठनहुनुअघिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया