सोमबार, माघ ६, २०७६
www.samsararemit.com

आमाको निधन भएको दिन किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज

विबादमा तानिएका प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको रातो पार्सपोर्ट खारेज गरेको हो । श्रेष्ठको आमाको निधन भएकै दिन सरकारले रातो पासपोर्ट खारेज गरेको हो ।  न्युज २४ टेलिभिजनबाट संचालित सिधा कुरा जनतासँगका संचालक रवी लामिछानेको अमेरिकी नागरिकताको बिषयमा प्रेस काउन्सिलले छानविन सुरु गरेपछि पत्रकार श्रेष्ठको रातो पासपोर्टको बिषय पनि विबादमा तानिएको थियो ।

प्रेस काउन्सिलले सिधा कुरा जनतासँग कार्यक्रमका संचालक रवी लामिछानेको उजुरीमाथि छानविन शुरु गरेपछि लामिछानेले पनि श्रेष्ठको रातो पासपोर्टको बिषय छानविन हुनुपर्ने माग गर्दै आएका थिए । बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको सिधा निर्देशनमा श्रेष्ठले लिएको रातो पार्सपोर्ट खारेजीको निर्णय गरेको हो ।

तत्कालिन एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा परराष्ट्रमन्त्री भएका बेला श्रेष्ठले रातो पासपोर्ट पाएका थिए । प्रेस काउन्सिलका अध्यक्षले रातो पासपोर्ट पाउने व्यबस्था भए पनि कार्यबहाक अध्यक्षले भने रातो पासपोर्ट पाउने व्यबस्था छैन । पछिल्लो समय उनि सामाजिक संञ्जालमा आलोचकको पात्र बनेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया