मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

ई-क्यान शैक्षिक मेला साउन ३ देखिः एक लाखले अवलोकन गर्ने

 

नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) ले साउन ३ गतेदेखि  १२ औं ई-क्यान शैक्षिक मेला आयोजना गर्ने भएको छ । क्यानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरे साउन ३ गते देखि ७ गते सम्म चार दिन  ई-क्यान शैक्षिक मेला आयोजना गर्ने जनाएको हो ।

उच्च शिक्षा हाशिलको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।  मेलामा विद्यार्थी तथा अभिभावकले अष्ट्रेलिया, युरोप, अमेरिका, जापान, चीन, बंगलादेशलगायतका मुलुकहरुको शिक्षाका बारेमा जानकारी लिन सक्ने छन् ।

मेलामा एजुकेशन कन्सलटेन्सीसँगै विदेशी विश्वविद्यालयको समेत स्टल रहने छ । विद्यार्थीले आफू जान चाहेको मुलुक, त्यहाँको शिक्षा, बसाइ, तथा लगात शुल्कबारे जानकारी लिन सक्नेछन् ।
पत्रकार सम्मेलनमा ई-क्यानका अध्यक्ष विष्णुहरि पाण्डेले मेलामा उच्व शिक्षाबारे सबै जानकारी अभिभावक तथा विद्यार्थीका लागि करिअर काउन्सिलिङ समेत गरिने जनाए ।
“शैक्षिक मेलाबाट अभिभावक तथा अन्य सरोकारवाला अन्तरराष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउन भन्ने अपेक्ष सहित मेला आयोजना गर्न लागिएको ई-क्यानका महासचिव शेषराज भट्टराईले जनाकारी दिए । मेला एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव भट्टराईको भनाई छ ।
विद्यार्थीले मेलामा सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, शुल्क, त्यहाँ रहँदाको अवस्थामा, बसाइ तथा जागिरका बारेमा सबै खाले जिज्ञाशा मेट्न सक्नेछन् । चार दिनसम्म चल्ने मेलामा चारै दिन रक्तदानको कार्यक्रम समेत राखिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया