शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

राष्ट्रिय वाणिज्य बैंकको ३ नयाँ शाखा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ६ स्थित कपिलाकोट, बझाङको मष्टा गाउँपालिका वडा ३ भातेखोला र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा १९५ पुगेको छ । बैंकले १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया