आईतबार, श्रावण २५, २०७७
www.samsararemit.com

लोकतन्त्रको मर्म अनुसार सूचना हक पाउने: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना दिवसकाअवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकका बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी संवैधानिक हकको उपयोग गर्न आव्हान गरेका छन् ।

उनले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच सरल र सहज हनुपर्ने सरकारको धारणा रहेको बताए । ‘कसैको व्यक्तिगत मामिला वा आमसरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक र असम्बन्धित विषयमा सूचना माग्न उचित नहुने उल्लेख गरेका छन् ।

वर्तमान सरकार पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको उनको दाबी छ । ‘सुशासनलाई मजवुत बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया